Shankar Pokharel

एमाले महासचिव शंकर पोखरेल बेलायत भ्रमणमा

काठमाडौं – नेकपा (एमाले) का महासचिव शंकर पोखरेल प्रवासी नेपाली मञ्च बेलायत राष्ट्रिय कमिटीको नवौँ सम्मेलन उद्घाटन तथा सम्बोधन गर्न बेलायत भ्रमणमा गएका छन्।

महासचिव पोखरेल बिहीबार बेलायत प्रस्थान गरेका हुन्। भ्रमणका क्रममा उनले सम्मेलन उद्घाटनका साथै बेलायतस्थित नेपाली समुदाय, जनसंगठन, संघ–संस्थाका प्रतिनिधिहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय गरिएको छ। साथै, उनी बेलायतको कम्युनिस्ट पार्टी अफ ग्रेट ब्रिटेनका नेताहरूसँग छलफल गर्ने, मोन्टफर्ट विश्वविद्यालयको अवलोकन गर्ने तथा कार्ल मार्क्सको समाधीमा पुष्प अर्पण गर्ने कार्यक्रमसमेत रहेको एमालेले जनाएको छ।

भ्रमण टोलीमा महासचिव पोखरेलकी पत्नी तथा एमाले पोलिटब्युरो सदस्य सुजिता शाक्य, एमाले युरोप–अमेरिका इञ्चार्ज घनश्याम पाण्डे, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा लगायत सहभागी छन्।

महासचिव पोखरेल बेलायत भ्रमणपछि कतार पनि प्रस्थान गर्नेछन्, जहाँ उनी त्यहाँ रहेका नेपाली श्रमिकहरूको समस्या, अवस्था र अधिकारका विषयमा छलफल तथा सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ।

उनको भ्रमण करिब १० दिन लामो हुने एमालेले जनाएको छ।

Write a Comment

Your email address will not be published. Required fields are marked *